• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

प्यूठानमा वितरण गरियो नेता गौतमले पठाएका स्वास्थ्य सामाग्रीहरु


  •     / २०७७, १५ बैशाख सोमबार प्रकाशीत

  • Advertisement

    प्यूठान, बैशाख १६ ।
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष एवं पुर्व (उपप्रधान तथा गृहमन्त्री) बामदेव गौतमले प्यूठान जिल्लाका लागि पठाएको स्वास्थ्य सामाग्री वितरण सम्पन्न भएको छ । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि पठाईएका स्वास्थ्य सामाग्री आईतबार प्यूठान नगरपालिकालाई हस्तान्तरण गरेसँगै वितरण कार्य सम्पन्न भएको हो ।

    नेता गौतमको सहयोग र प्रदेश नं. ५ का प्रदेश कमिटि सदस्य नेकपाका युवा नेता विजयविराज विष्टको सक्रियातामा संकलित व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई), स्यानिटाईजर, माक्स, हेडक्याप जिल्लाका सवै स्थानीय तहमा वितरण गरिएको छ ।
    ७ वटा गाउँपालिकाका लागि १२ सय थान माक्स, २ प्याकेट हेड क्याप, ९ सेट पिपिई, ७५ पिस स्यानिटाईजर र १०० पिस गोल्ब्सका दरले वितरण गरिएको नेकपा प्यूठानका अध्यक्ष तुल्सीराम शर्माले जानकारी दिनुभयो । त्यस्तै २ वटा नगरपालिकाका लागि २ हजार थान माक्स, २ प्याकेट हेडक्याप, ९ थान पिपिई, ९० पिस स्यानिटाईजरका दरले उपलब्ध गराईएको छ । नेकपाले स्थानीय तहमै पुगेर सामाग्री हस्तान्तरण गरेको हो । यस्तै जिल्ला प्रहरी कार्यालय प्यूठान, जिल्ला अस्पताललाई समेत केहि थान स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।
    ‘प्रदान गरिएको सहयोग सामाग्री प्रयाप्त नभएपनि महाविपत्तिको यस अवस्थामा सवै एकजुट हुन आवश्यक छ ।’ ,नेकपा अध्यक्ष शर्माले भन्नुभयो, ‘कोरोना संक्रमणबाट बच्न सवैले आ–आफ्नो तहबाट सहयोग गर्नुपर्छं ।’
    स्वास्थ्य सेवाबाट कसैलाई बन्चित हुन नदिन आवश्यक व्यवस्थापन गरिरहेको भन्दै प्यूठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतीले सहयोगीलाई धन्यवाद दिनुभएको छ ।

    यसैवीच युवा नेता विष्टको सक्रियता र स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठको संयोजनमा जिल्ला स्वास्थ्य कार्यालय प्यूठान र प्राथमिक स्वास्थ्य केन्द्र खलंगालाई पनि विभागको तर्फबाट केहि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

    खलंगा प्राथमिक स्वास्थ्य केन्द्रलाई ५०० माक्स, १० पिस गाउन, १० लिटर सेनिटाईजर, ५ पिस एन ९५ माक्स, सर्जिकल ग्लोब्स २०० जोर प्रदान गरिएको हो । स्वास्थ्य कार्यालयलाई २ हजार थान माक्स, १० थान एन ९५ माक्स, ३० लिटर सेनिटाईजर, २०० जोर सर्जिकल ग्लोब्स, २५ थान गाउन र १५ सेट पिपिई उपलब्ध गराईएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.