बैशाख २२,बुटवल विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा प्रभावितहरुलाई राहत प्रदान गर्ने प्रयोजनमा प्रदेश न. ०५ को प्रदेश सरकारले स्थापना गरेको कोरोना राहतकोषमा समृद्धि फाइनान्स कम्पनी लिमिटेडले रु. ०१ लाख रुपैयाँ प्रदान गरेको छ । बैंकको बुटवल शाखा कार्यलयका शाखा प्रमुख बिष्णु प्रसाद रिजालले प्रदेश ०५ का मुख्यमन्त्री माननीय शंकर पोखरेलको कार्यकक्षमै पुगि उक्त रकम बराबरको चेक आज हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा मुख्यमन्त्री पोखरेलले महामारीको यो समयमा बैंकले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। हेटौंडामा केन्द्रिय कार्यालय रहेको सो फाइनान्स कम्पनिले आगामी दिनमा पनि सामाजिक कार्यलाई निरंतरता दिने बताउदै उक्त फाइनान्सले आकर्षक योजना सहितका विभिन्न बचत खाताहरु समेत ल्याएको शाखा प्रमुख रिजालले जानकारी दिनुभयो ।







