जेठ ६, काठमाण्डाै – सरकारले लिम्पियाधुरासहितको भूमि समेटेर तयार पारेको नक्सा पारित गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले लिम्पियाधुरासहितको नक्सा पारित गरेको एक मन्त्रीले जानकारी दिए । लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गर्न भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले मन्त्रीपरिषदमा प्रस्ताव पेस गर्नुभएको थियो ।







