जेठ १७,काठमाडौं- नेपालमा थप १८९ जना कोरोना संक्रमित भेटिएका छन । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमार्फत नेपालमा शनिवार थप १८९ जना कोरोना संक्रमित भेटिएको जानकारी दिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुगेको छ ।
नेपालमा हालसम्म कोरोनाको जितेर घर फर्कने २१९ पुगेको छ, भने कोरोनाको कारण ६ जनाको मृत्यु भएको छ ।







