प्युठान, जेठ १९ लकडाउनका कारण काठमाण्डौंमा समस्या परेका विद्यार्थीहरुका लागि घर फर्काउन पहल थालिएको छ । अध्ययनका क्रममा प्यूठानदेखि काठमाण्डौं आएका विद्यार्थीहरुको दैनिकी प्रभावित हुदै आएकोले घर फर्कने तयारी भईरहेको विजयविराज विष्टले बताउनुभयो ।
नियमितको लगडाउनका कारण खानपिन,कोठाभाडा जस्ता आर्थिक समस्याहरु वढ्दै आएकोले घर फर्काउन पहल भईरहेको विष्टले बताउँनुभयो । जेष्ठ २१ गते सम्म विद्यार्थीहरुको लगत संकलन गरिने छ। “खाना घरभाडा लगाएत अत्यावश्यक सामाग्रीहरु आपूर्ति हुन नसक्दा दैनिकी कष्टकर हुदै आएको गुनासोहरु वढ्दै आएका छन्” विष्टले भन्नुभयो, “सम्वन्धीत पालिका तथा वडाहरुको समन्वयमा उहाँहरुलाई सुरक्षित घर फर्काउने छौं ।”
कतिपय पालिका तथा वडाहरुसंग समेत यस विषयमा समन्वय भईरहेको उहाँले बताउँनु भयो । “वडा तथा पालिकाको समन्वय तथा अनुमति अनुसार विद्यार्थीहरुलाई घर फर्काइने छ”, उहाँले भन्नुभयो । घर फर्कन ईच्छुकहरुले भावना विष्ट ९८४९६३८७०३ ,वेगम गिरी ९८४७८२१८१८, सिर्जन पोख्रेल ९८६०२०५४७६ मा सम्पर्क गरि सम्पर्कमा आउन अनुरोध गरिएको छ ।







