• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

आफूखुसी चार्टर उडान नगर्न क्यानको निर्देशन


  •    रासस / २०७७, २५ जेष्ठ आईतवार प्रकाशीत

  • Advertisement

    काठमाडौं ,२५ जेठ  नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले आफूखुसी अन्तरराष्ट्रिय चार्टर उडान नगर्न वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ। बन्दाबन्दीका समयमा आफूखुशी चार्टर उडान गरी बढी भाडा लिने गरेको जनाउँदै उक्त निर्देशन दिइएको हो।शनिबार सूचना जारी गर्दै क्यानले राजदूतावास (कूटनीतिक) आग्रहबाहेकका सबै चार्टर उडानमा रोक लगाएको हो। क्यानका एयर ट्रान्सपोट्रेशन डिभिजन प्रमुख सचितभक्त पोखरेलको हस्ताक्षर रहेको उक्त सूचनानुसार शनिबारकै मितिदेखि ट्राभल्स एजेन्सी र एयरलाइन्स कम्पनीलाई चार्टर उडानमा रोक लगाइएको हो। बन्दाबन्दीका समयमा नेपालमा रोकिएका विभिन्न देशले आफ्ना नागरिक स्वदेश फर्काउन चार्टर उडान गर्दै आएका छन्। गत चैत ९ गते यता हालसम्म ११० अन्तरराष्ट्रिय चार्टर उडान भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

    पछिल्लो समय एयरलाइन्स कम्पनी तथा ट्राभल्स एजेन्सीले नेपालबाट यात्रु चार्टर उडान गर्न धमाधम बुकिङ गरी बढी भाडा लिने गरेपछि क्यानले उक्त निर्दशन दिएको हो।कोभिड निर्देशिका क्यानले विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानलाई लक्ष्य गर्दै कोभिड विशेष सुरक्षा निर्देशिका कार्यान्वयनमा ल्याएको छ। पहिलो चरणमा ल्याइएको सुरक्षा निर्देशिकालाई विकसित परिस्थितिअनुसार संशोधन गर्दै जाने प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। उनका अनुसार प्राधिकरणले हवाई यात्रामा जोडिने सबै सरोकार पक्षले पालना गर्नुपर्ने विषय समेटेर सुरक्षा निर्देशिका बनाएको हो।

    उक्त निर्देशिकानुसार यात्रुले टिकट र बोर्डिङ पाससँगै कोभिड १९ को स्वघोषणा पत्रसमेत भर्नुपर्नेछ। त्यसमा यात्रुले कोभिड जाँच गरे नगरेको तथा स्वास्थ्य समस्या भए नभएको जस्ता विवरण राखिएका छन्। यात्रुले जस्तै उडान कर्मचारीलाई समेत स्वघोषणाको आवश्यकता पर्नेछ। त्यस्तो घोषणापत्रमा झूटा विवरण राखेर हवाई यात्रा गरे कानूनी कारबाही भोग्नुपर्ने गरी सुरक्षा निर्देशिका बनाइएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.