प्युठान,जेठ,१९ झिमरुक गापालिका भित्र रहेका सबै वडाहरुमा बनेका क्वारेन्टाइनकाे अवस्था र ती क्वारेन्टाइनमा बसेकाहरुकाे मनाेबल उच्चराख्न काङ्ग्रेस नेता प्रमाेद पाेख्रेलले तीन दिन लगातार सबै क्वारेन्टाइनमा पुगेर भेटघाट गरेका छन। पछिल्लाे समय नेपालमा कोरोना संक्रमित तिब्रगतिले बढेकाे भएपनि स्वास्थ्य परिक्षणको दायरा बढाउन नसक्दा, जाेखिम बढ्न थालेको पाेख्रेल बताउछन।
भारतबाट नेपाल भित्रिएका झिमरुकबासीहरुसंग क्वारेन्टाइनमा भेटघाटकाे क्रममा सबैलाई सर्जिकल माक्स समेत उपलब्ध गराएका पाेख्रेलले बिपतकाे समयमा राजनिति खिचातानि भन्दा जस्ले जहाबाट जे सहयाेग गर्न सकिन्छ निस्वार्थ ढङ्गले गर्नुपर्ने बताए। क्वारेन्टाइनमा रहेकाहरुकाे आरडिटि चेकअप गर्दा पाेजेटिभ देखिदैमा हताेत्साहि नहुन समेत आग्रह गरे ।आरडिटि चेक अप गर्दा पाेजेटिभ देखिएकाहरुकाे पिसिआर टेष्टकाे रिपोर्ट समयमै नगर्दा मनाेबल गिराउनु परेकाे क्वारेन्टाइनमा रहेकाहरुकाे जिज्ञासा रहेको थियो ।
यसअघि पनि काङ्ग्रेस नेता पाेख्रेलले काठमाडौंमा रहेका झिमरुक बासिलगाएत प्युठानीलाई अाफ्नाे व्यक्तिगत खर्चबाट उद्वार गरेकाे बताए ।वर्षादले बिग्रिएका गाउका बाटाहरु साेर्दै पाेख्रेलसंगै तरुणदल प्युठानका उपाध्यक्ष हिमाल एम सि सदस्य कृष्ण पाेख्रेल लगाएतका तरुणनेता पनि सबै क्वारेन्टाइनमा पुगेका थिए।नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि भएका पाेख्रेल गएकाे स्थानियतहकाे निर्बाचनमा झिमरुक गाउपालिककाे उमेदवार थिए ।







