• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

विजयनगरको सातौँ गाउँ सभाः ‘एक वडा एक बिउ बैँक’ स्थापना गर्ने


  •    राम प्रघट कोरी / २०७७, ११ असार बिहीबार प्रकाशीत

  • Advertisement

    कपिलवस्तु असार १० कपिलवस्तुको विजयनगर गाउँपालिकाले सातौँ गाउँ सभा बुधवार बृहत रुपमा सम्पन्न गरेको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७७÷०७८ को वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत सातौँ गाउँसभाबाट ५१ करोड, २९ लाख २८ हजार ७० रुपियाँको आयव्याय बजेट प्रस्तुत गरेको हो ।

    । सामाजिक क्षेत्रको विकास र विस्तार, धार्मिक सँस्कृतिको विकास संरक्षण तथा प्रबद्र्धन, दिगो पुर्वाधार विकासमा जोड, सार्बजनिक खर्चमा मित्यव्ययित तथा नतिजामुखी प्रशासन, व्यवसायिक सीप रोजगारी सिर्जना र प्रर्यटन प्रबद्र्धनलाई प्राथमिकतामा राखेको गाउँपालिकाले जनाएको छ ।
    गाँउपालिकाको सातौँ गाउँ सभाका नीति तथा कार्यक्रमहरु ः

    आर्थिक विकास : स्थानीय ज्ञान सीप क्षमताको विकास र अधिकतम उपयोग गरिनेछ । किसानको हकहित संरक्षण गर्दै कृषिको व्यवसायीकरण विविधीकरण र आधुनिकीकरण गरी आत्मनिर्भर उन्मुख बनाइनेछ । बन संम्पदाको संरक्षण गर्दै होमस्टे, पिकनिक क्षेत्र निमाणर््ा गर्देै आन्तरिक प्रबद्र्धन गरिनेछ । मौसमी र बेमौसमी तरकारी खेती, बाख्रा, भैसी, कुखुरा, बंगुर लगायतको पकेट क्षेत्र विस्तार गरी किसानको आयआर्जनमा बृद्धि गरिनेछ ।

    सामाजिक : सँस्कृतिको विकास संरक्षण र प्रबद्र्धन सामाजिका सुसम्बन्धमा आधारित स्वास्थ्य र सभ्य समाजको निमार्ण गरिने छ । गुणस्तर शिक्षाको लागि सामुदायिक तथा मदरसाहरुमा भौतिक पुर्वाधार विकाससँगै आवश्यक शिक्षकको दरबन्दीको मिलान गरिनेछ । स्वास्थ्य सेवालाई व्यवस्थित सर्बसुलभ बनाई गाउँपालिका भित्र साप्ताहिक र मासिक रुपमा एम.वि.वि. एस. र विशेषयज्ञ डाक्टर तथा औषधी प्रयोग शालाको कार्यलाई निरन्तरता दिईनेछ ।

    सबै वडाहरुमा स्वास्थ्य संस्था स्थापना तथा क्रमशः थप बर्थिङ सेन्टर सञ्चालन गरिनेछ । सुरक्षित खानेपानी तथा पूर्ण सरसफाई युक्त गाउँपालिका निमार्ण गरिनेछ । समाजमा विद्यमान धर्म, प्रथा, परम्परा जाती भाषाको सम्मान र संरक्षण गरिनेछ । लक्षित वर्ग, क्षेत्र र जातजातीको हित संरक्षण गर्दै गाउँपालिकालाई लक्षित वर्गमैत्री बनाउँदै लगिनेछ । पूर्ण भर्ना तथा विचैमा विद्यालय छोडने बालबालिकाको प्रतिशत शुन्यमा झार्नका लागि विशेष अभियान सञ्चालन गरिनेछ । बाल बिबाह अन्त्य तथा बालबालबालिका र महिला माथि हुने हिंसा तथा दुव्र्यवहार अन्त्यको लागि अभियान सञ्चालन गरिनेछ । गाउँपालिका भित्रका सबै बस्तीहरुमा क्रमशः सुविधा सम्पन्न सामुदायिक विद्यालय भवन निमार्ण गर्दै लगिनेछ ।

    पूर्वाधार विकासः चक्रपथको नयाँ ट्रयाक र स्तरउन्नती गर्दै लगिनेछ । सडकहरुको स्तरीकरण गर्दै धुलो रहित गाउँपालिकाको अभियानलाई निरन्तरता दिनेछ । ठुला पुलहरुको निमार्ण लागि संघ र प्रदेशसँग रकम माग गरिनेछ । साना सिँचाई प्रर्बद्धन गरी कृषि र माछा पालनमा सहयोग गरिनेछ । भवन निमार्ण मापदण्डलाई थप व्यवस्थित गरिनेछ । स्थानीय सञ्चार एफ.एम. र पत्रपत्रिकालाई प्रबद्र्धन गरिनेछ । गाउँपालिका, वडा, सार्वजनिक निकायका भवन क्रमशः निमार्ण मर्मत गरिनेछ ।

    वातावरण तथा विपद् व्यवस्थापन :तटबन्धहरुको निमार्ण गरी नदी कटान व्यवस्थापन गरिनेछ । ठुला नदीहरुको तटबन्धका लागि संघ र प्रदेश बजेट माग गरी साझेदारीमा सम्पन्न गरिनेछ । कोभिड–१९ संक्रमण, आगलागी बाढी, पहिरो शित लहर जस्ता दैवी प्रकोपको व्यवस्थापनका लागि स्थानीय प्रकोप व्यवस्थापन कोषको प्रभावकारी उपयोग गरिनेछ । जलवायु परिवर्तनको प्रभाव कम गर्न पुराना तालपोखरी मर्मत तथा नयाँ पोखरी निमार्णको लागि प्रोत्साहन गरिनेछ । वातावरण संरक्षणको लागि सार्वजनिक सडक तथा नदी किनारामा गाउँपालिका अध्यक्ष बुक्षरोपण अभियानलाई निरन्तरता दिनेछ ।

    गाउँ सभामा बजेट प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले आधुनिक कृषि प्रणालीको विकास र व्यवसायीकरण, गुणस्तरीय आधारभूत शिक्षाको प्रत्याभूति, स्वास्थ्य सेवामा माथी आम जनताको पहँुच सु–निश्चित गर्दै भौतिक पूर्वधार युक्त रोजागारमूलक आत्मनिर्भरता तर्फ उन्मुख समृद्ध र समुन्नत गाउँपालिका निमार्ण गर्ने मुख्य लक्ष्य लिएको बताए ।

    कृषि क्षेत्रका लागि ‘एक वडा एक बिउ बैँक स्थापना, एक गाउँ एक पकेट क्षेत्र, साना तथा घरेलु प्रबद्र्धनमा लगानी, प्राकृतिक विपद् तथा संकट व्यवस्थापनका लागि खाद्य सुरक्षा भण्डारण, १५ शैयाको अस्पताल निमार्णको पहल, दमकल र एम्बुलेन्सको सेवाको सहज उपलब्धता, हरेका विद्यालयको नमुना विद्यालयको अवलम्बन, गाउँपालिकाको रहेको वडामा एक खेल मैदानको नीति र गाउँपालिका स्तरीय एक खेल मैदान निमार्ण, सार्बजनिक सेवा प्रवाहलाई प्रविधि मैत्री, सञ्चार मैत्री बनाउने’ लगायत नीति तथा आधारहरु रहेको अध्यक्ष थापाले बताए ।

    यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले गाउँसभा सबैको सहयोग र सहकार्यमा गाउँपालिकाको नीति तथा कार्यक्रम सहज रुपमा प्रस्तुत गरिएकोमा धन्यवाद दिँदै चौधरीले क्रमगत योजनाको निमार्ण पुरा गर्ने कृषि, स्वास्थ्य, शिक्षामा विशेष लगानी बढाई गाउँपालिकाबासीलाई परिवर्तनको अनुभूति गराउने विषयलाई प्राथमिकता दिएको बताए । त्यस्तै नीति तथा कार्यक्रम सहितको बजेट माथि अर्को बैठकमा छलफल हुने प्रमुख प्रशासकीय अधिकृत गोबिन्द भट्टराईले बताए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.