प्यूठान, असार १३ । विश्वभर फैलिएकाे काेराेना भाईरसका संक्रमित प्रतिदिन देशभर थपिदै गएका छन। प्यूठानमा थप ४७ जना संक्रमित थपिए सङ्गै संक्रमित २५८ पुगेको छ।
अहिलेसम्म संक्रमित नदेखिएको प्युठानकाे झिमरुकमा एकै दिन सात जना संक्रमित देखा परेका छन। संक्रमित थपिदै जादा लकडाउन खुकुलाे हुदा समुदायमा भयावह हुने जाेखिम बढ्दै गएकाे छ। प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहिमा शुक्रवार साझ गरिएको परिक्षणमा प्यूठानका ४७ जना नया संक्रमित भेटिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।
संक्रमित माण्डबी गाउँपालिकाका ३७ जना, झिम्रुक गाउँपालिकाका ७ जना र नौवहिनि गाउँपालिकाका ३ जना रहेका छन् ।शुक्रबार थपिएका संक्रमित १७ वर्षदेखि ६० वर्षसम्मको ४४ पूरुष र ३ महिला रहेका छन। प्यूठानमा दुई जना संक्रमित निकाे भएर घर फर्कि सकेका छन।







