• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

स्वर्गद्वारीमा गोल परियोजनाको समिक्षा कार्यक्रम सम्पन्न

"अतुलनीय योगदानको लागि नगरप्रमुखद्वारा विशेष धन्यवाद "

  •    झइन्द्र भण्डारी / २०७७, १३ असार शनिबार प्रकाशीत

  • Advertisement

    प्यूठान , असार १३ । स्वर्गद्वारी नगरपालिका प्यूठानको समृद्धिको लागि आफ्नो तथा  नगरपालिकासङ्ग समन्वय गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै  आएको कृषि तथा जीविकोपार्जन प्रबर्द्धन (GOAL) परियोजनाले आज एक औपचारिक कार्यक्रमको बिच वार्षिक समिक्षा , प्रतिवेदन प्रस्तुत तथा सार्वजनिक सुनुवाइ गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।पालिका स्तरीय परियोजना अनुगमन तथा सल्लाहकार समितिका अध्यक्ष तथा स्वर्गद्वारी नगरपालिकाका नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीको अध्यक्षतासङ्गै सञ्चालन भएको कार्यक्रममा  गोल परियोजनाका पालिका संयोजक मोहन सुवेदीले आर्थिक वर्ष २०७६/०७७ को कार्यक्रमको वार्षिक  प्रगति प्रतिवेदन तथा आयव्यय प्रस्तुत गर्नु भएको थियो ।

     प्यूठानको एक उत्कृष्ट संस्था फुलबारी एकीकृत ग्रामिण विकास संस्था नेपालद्वारा सञ्चालित अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा  आड्रा नेपाल ,रुपान्तरण र फुलवारी एकिकृत ग्रामीण बिकास संस्थाको साझेदारी कार्यक्रम ( GOAL-II) परियोजनाले नेपालका अन्य स्थानीय तह जस्तै स्वर्गद्वारी नगरपालिका प्यूठानमा पनि कृषि , महिला , पशुपालन , शिक्षा , स्वास्थ्य , बालबालिका लगाएतका क्षेत्रको विकास तथा समृद्धिमा विभिन्न उदाहरणीय कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

    सञ्चालित कार्यक्रमहरूले महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सीप तथा क्षमता अभिवृद्धि , कृषि उद्यमीहरूको पहुँच वृद्धि , संकटासन्न समुदायको जीविकोपार्जन , उत्थानशील तथा विकासका लागि वातावरण सिर्जना , कृषि तथा पशुपालन क्षेत्रको विकास , स्वास्थ्य क्षेत्रको विकासमा सहकार्य , लैङ्गिक हिंसाको नियन्त्रण आदि क्षेत्रमा अतुलनीय योगदान पुर्याउदै आएको प्रतिवेदनले बुझाउछ  ।

    परियोजनाले नगरपालिकाभित्र जम्मा १२८८ सदस्य संख्या रहेको  ६० ओटा कृषि तथा पशुपालन समुहको गठन गरि विकासका कार्यक्रमहरू गर्दै आएको संयोजक सुवेदीद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । ती मध्य ४६ समुह नगरपालिकाको कृषि , पशु सेवा शाखामा दर्ता छन ।

    प्रतिवेदनमा उल्लेख भए अनुसार चालु आर्थिक वर्षको १ करोड ४ लाख २५ हजार ८ सय २० जम्मा बजेटमा परियोजनाले ९५ लाख ९९ हजार ५ सय ५५ रुपैयाँ खर्च भएको छ । अहिलेको विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणले परियोजनाको उद्देश्य  अनुरुप सम्पूर्ण कार्यक्रम गर्न नसकिएको परियोजनाका संयोजक मोहोन सुवेदीले जानकारी दिनुभयो ।

    समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले परियोजनाद्वारा सञ्चालित समुहमा  महिलाको तुलनामा पुरूषको संख्या न्यून रहेकोमा चिन्ता व्यक्त गर्नुभयो । पहिलेदेखि नै नगरपालिकाले नगरमात्रै एक्लैले होइन यहि संस्था तथा कार्यक्रमसङ्ग सहकार्य तथा साझेदारी गर्दै अगाडि बढेको हुनाले महिला , बालबालिका , कृषि , पशुपालन जस्ता क्षेत्रको विकासमा सफल भएको जिकिर गर्दै नगर प्रमुख रोका क्षेत्रीले संस्था तथा परियोजनाको प्रशंसासङ्गै यो अतुलनीय सहयोगको लागि संस्थालाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।

    कृषि र पशुपालनले नगरबासीको जीवन परिवर्तन हुन सक्छ । यसको लागि बस्ती स्तरमा पकेट क्षेत्र बनाएर निर्वाहमुखी होइन व्यवसायीकरण गरेर नगरपालिका यहि संस्थासङ्गको समन्वयमा अगाडि बढ्ने भन्दै नगरप्रमुख रोका क्षेत्रीले परियोजनाको आर्थिक प्रतिवेदन अत्यन्तै पारदर्शी र यथार्थ भएको बताउनु भयो ।कोरोना महामारी नियन्त्रणको लागि उक्त संस्थाले गरेको अमुल्य सहयोग स्मरण गर्दै कुनै कार्यक्रमका औपचारिक जानकारी बिना पनि आफ्नो दायित्व सम्झेर सहभागी हुने संस्थाको क्रियाकलापले आफूलाई निकै हर्षित तुल्याएको बताउदै नगरप्रमुखले भन्नुभयो , ” हाम्रो नगरको विकास तथा समृद्धिको लागि  यो परियोजना तथा संस्थाले निकै अतुलनीय सहयोग,  साथ र योगदान दिदै आएको छ यसको लागि विशेष धन्यवाद बाहेक अरू के नै दिन सकिन्छ र अझै अमुल्य सहयोग तथा साथको अपेक्षा राखेको छु ।”

    नगरपालिकाका वडाका वडा अध्यक्ष , कार्यपालिका सदस्य , संस्थाका सरोकारवाला , पत्रकार आदि उपस्थित कार्यक्रमलाई   सफलताको शुभकामनासङ्गै अध्यक्षले  समापन गर्नु भएको थियो । समिक्षा कार्यक्रममा प्रमुख फुलबारी संस्थाका अध्यक्ष गुणेन्द्र बहादुर बस्नेतको उपस्थिति थियो भने स्वागत मन्तव्य संस्थाका छन्द बहादुर बस्नेत अनि सहजीकरण कार्यकारी निर्देशक टिकाराम आचार्यको रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.