• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

जोडियो भालुबाङ रोल्पा सडक खण्डदेखी सिधा धनबाङ्ग

" सत्कार र होमस्टेको आनन्दसङ्गै डेढ घण्टामै स्वर्गद्वारी "

  •    झइन्द्र भण्डारी / २०७७, १८ असार बिहीबार प्रकाशीत

  • Advertisement

    प्यूठान,असार १८ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर २ प्यूठान स्थित एक सभ्य तथा पूर्ण आनिबानी परिवर्तन धनबाङ्ग गाउँ अब भालुबाङ सडक खण्डसङ्ग सिधै मोटरबाटोले जोडिएको छ ।योसङ्गै ओझेलमा परेको धनबाङ्ग होमस्टे अब चहल पहल हुने तथा सबैको नजरमा पर्ने जनप्रतिनिधि तथा सरोकारवालाले बताएका छन । अहिले स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ धनबाङ्ग खोलादेखि सिधै धनबाङ्ग गाउँ जानको लागि निर्माण गरिएको मोटरबाटोको लम्बाई ७ किलोमिटरमात्र रहेको छ । पहिलेदेखि नै भिङ्ग्री बजारदेखी स्वर्गद्वारीहुँदै धनबाङ्ग जानको लागि करिब २२ किलोमीटरको यात्रा गर्नु पर्थ्यो ।नेपालको प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारी मन्दिर पुग्ने दर्शनार्थीहरू चाहेर पनि पहिले स्वर्गद्वारीलाई लक्षित गर्दै बनाईएको आकर्षक होमस्टे , प्राकृतिक सौन्दर्यता , नेपालकै पहिलो व्यवस्थित नमुना गाउँ जस्ता आकर्षकका केन्द्र बिन्दु जान नसकेको कुरा स्वर्गद्वारी नगरपालिकाका नगरप्रमुखका स्वकीय सचिब रमेश पोख्रेलले बताउनु भयो । भिङ्ग्री बजारदेखी सिधै स्वर्गद्वारी जाने दर्शनार्थीहरूको लागि धनबाङ्ग उल्टो पर्छ किनकी स्वर्गद्वारी मन्दिरदेखी अझै ८ किलोमीटर अगाडि बढेपछि मात्रआकर्षक होमस्टे भएको पोख्रेलले बताउनु भयो ।

    होमस्टेको महत्त्व त बिचबाटोमा परेपछि मात्र हुदोरहेछ भन्दै पोख्रेलले अब भने होमस्टे जाने अनि आनन्द लिएर बसेर मात्र स्वर्गद्वारी मन्दिर जान चाहाने दर्शनार्थी तथा पर्यटकको लागि सहज भएको छ भन्नुभयो ।अतिथि सत्कारको पूर्ण व्यवस्थित धनबाङ्गको संस्कृति तथा आकर्षक होमस्टेको बसाइँ व्यवस्थापनको आनन्दाभुती लिएर स्वर्गद्वारी जाने पर्यटकको लागि एक महत्त्वपूर्ण केन्द्रबिन्दु रहेको धनबाङ्ग गाउँलाई छोटो दुरीमा जोड्ने र त्यहाँबाट स्वर्गद्वारी यात्राको लागि पर्यटकलाई सहजता तुल्याउने एक सपना पूरा भएको भन्दै नगर प्रमुख नेत्र बहादुर रोका क्षेत्रीले यो मोटरबाटोले यतीमात्र नभइ धनबाङ्गको सुन्तला खेती , उत्कृष्ट तरकारी खेतीको लागि पनि निकै सहज भएको बताउनु भयो ।

    आर्थिक वर्ष २०७५/०७६ मा नगरपालिकाबाट २० लाख रूपैयाँ बजेट बिनियोजन गरि उपभोक्ता समिति मार्फत काम सुरू गरेर उक्त मोटरबाटोको निर्माण कार्य सुरू गरेको र आर्थिक वर्ष २०७६/०७७ मा उक्त मोटरबाटोको लागि नगरपालिकाको पहलमा प्रदेश सरकारबाट ५० लाख रुपैयाँ बजेट पार्न सफल भएको हुनाले उक्त मोटरबाटो निर्माण कार्य सम्पन्न गर्न सकेको नगर प्रमुखको भनाई छ ।

    ५० लाख बजेटमा टेन्डर आह्वान गर्दा २३ लाखमा योजना अनुरूप काम गर्न निर्माण कम्पनीले ठेक्का हालेपछि काम अगाडि बढेको हो । निर्माण कम्पनीले छोडेको २७ लाख बजेटलाई पनि फेरि नगरप्रमुखको पहलमा कोलनिका तथा प्रदेश सरकारसङ्गको अनुरोध अनुसार २७ लाख बजेट फेरि फिर्ता ल्याएर सोही बाटोको लागि टेन्डर आह्वान गरि १५ लाखमा निर्माण कार्यलाई अगाडि बढाई फेरि छोडिएको बजेट १२ लाखलाई उहीँ प्रक्रियाद्वारा नगरपालिकामा भित्राउन सफल भइ मोटरबाटोलाई पूर्णता दिन सफल भएको नगरप्रुखको जिकिर छ ।

    अहिले ट्र्याक खोलिएको र आगामी वर्षका बजेटमा यसलाई क्रमश व्यवस्थित गराउदै लगेर एक व्यवस्थित मोटरबाटो बनाई यसलाई महत्वपूर्ण मार्गको रूपमा स्थापित गर्ने योजना रहेको नगर प्रमुख रोका क्षेत्रीले बताउनु भयो । बजेटलाई पुन स्थापित गर्नको लागि वडा नम्बर ५ का वडा अध्यक्ष हिरामाणी भण्डारीको पनि महत्त्वपूर्ण योगदान रहेको बताउदै नगरप्रमुखले यसको स्तरोन्नतिले सिङ्गो नगरपालिकाको पहिचान तथा विकासमा ठुलो टेवा पुर्याउने बताउनु भयो ।

    धनबाङ्ग खोला देखि दायाँबायाँका जग्गा धनीहरूले आवश्यकता अनुसार जग्गा दिएको भए यो मोटरबाटोलाई झन व्यवस्थित बनाउन सकिने कुरा व्यक्त गर्दै नगरप्रमुखका स्वकीय सचिव रमेश पोख्रेलले जग्गा उपलब्ध हुन नसकेको हुनाले मोटरबाटोलाई सोचेभन्दा धेरै ठाउँमा खोला पार गराउनु परेको गुनासो व्यक्त गर्नु भयो । एकठाउमा दुवैतिर मोडिएर बगेको खोलालाई सिधा बनाई मोटरबाटोलाई थप व्यवस्थित बनाउने प्रयास गरिएको छ ।

    वडा नम्बर २ का वडा अध्यक्ष मिनराज रानाले अब भने भिंगृ बाटुलेदेखि धनबाङ्ग ७ कि.मि.मात्र दुरि रहेको र खाल वडा कार्यालयसम्म १२ कि.मि. तथा स्वर्गद्वारी सम्म १६ कि.मि.दुरी रहेकाे बताउदै यस सडक जाेडिदा स्थानीय बासीहरू निकै खुसी भएको बताउनु भयो । कृषि र पर्यटनमा यो सडकले थप सहयाेग पुराउने भन्दै रानाले सडक निर्माण कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयाेग पुराउने सबैमा हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.