काठमाडौं,असार ३१ । गायक प्रताप दासको स्वरमा रहेको फोटो फिरिममा गीत युट्युबको ट्रेन्डिङ ४ मा आउन सफल भएको छ।
गीतमा गीतकार तथा कलाकार शिशिर भण्डारीको शब्द ,संगीत र अभिनय रहेको छ। । सागरबाबु भट्टको निर्देशन रहेको फोटो फिरिममा , मुस्कान दहालले निर्माण गरेका हुन्। उक्त भिडियोलाई शिशिर भण्डारीकै आफ्नै युट्युब च्यानल नयाँ नयाँ न्यूज नेपालले बजारमा ल्याएको हो ।







