काठमाडौँ, साउन १ । सरकारले नमुनाको रुपमा विकास गर्न देशभरबाट १०० वटा विद्यालय छनोट गरेको छ। शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रअन्तर्गतको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले नमुनाको रुपमा विकास गर्न देशभरका सय वटा विद्यालय छानेको हो।
विगतमा नमुना विकासका लागि छनोट नभएका विद्यालय छनोट गरिएको केन्द्रले जनाएको छ। विद्यालय क्षेत्र विकास योजनाअनुसार सबै स्थानीय तहमा क्रमशः नमुना विद्यालय विकास गर्ने लक्ष्य रहेको केन्द्रले बताएको छ।







