• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

पालिकाले करार कर्मचारीको म्याद नथप्दा कर्मचारी अन्योलमा


  •    झइन्द्र भण्डारी / २०७७, ९ श्रावण शुक्रबार प्रकाशीत

  • Advertisement

    प्यूठान, साउन ९ । स्वर्गद्वारी नगरपालिकाले नगरपालिकामा कार्यरत करारका कर्मचारीको म्याद नथप्दा कर्मचारीहरू अन्योलमा परेका छन् ।

    नगरपालिकाको आन्तरिक श्रोतबाट सञ्चालन गर्ने गरि तथा स्थानीय सरकारले निर्माण गरेका दरबन्दीको करारमा रहेका कर्मचारीहरूको आर्थिक वर्ष २०७६०७७ को असार मसान्तसम्म मात्र कार्यअवधि थियो तर ती कुनै पनि कर्मचारीको कार्यअवधी म्याद नथप्दा र कुनै औपचारिक जानकारी नहुदा कार्यरत कर्मचारीहरू अन्योलमा परेका हुन् । करारमा रहेका कर्मचारीहरूको म्याद आवश्यकता अनुसार थप्न सकिने प्रावधान रहेता पनि नगरपालिकाले म्याद सकिएको ९र१० दिन सम्म पनि कुनै औपचारिक निर्णय गरेको छैन नत म्याद नै थपेको छ ।

    स्वर्गद्वारी नगरपालिकाका नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले करारका कर्मचारीको विवरण तथा म्याद थपको विषयमा नगरपालिका प्रशासन शाखाले कुनै पनि प्रस्ताव नल्याएको हुनाले यो विषयमा छलफल नभएको बताए । उनले भने ‘कर्मचारीको विषयमा आवश्यक तथा उपलब्ध विवरण सहित प्रशासन शाखाले प्रस्ताव ल्याएपछिमात्र यो विषयमा कार्यपालिकामा छलफल तथा आवश्यक निर्णय हुने हो । प्रशासनले कुनै पनि प्रस्ताव ल्याएन अनि कसरी छलफल अनि निर्णय हुन्छ’ ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम आचार्यले करारका प्रशासन, प्राविधिक, सचिवालय तथा कार्यालय सहयोगी कर्मचारीहरूको म्याद थप तथा आवश्यक निर्णयको लागि २०७७ असार २० गते ११ र १२ नम्बरको बुदामा प्रशासनले प्रस्ताव लगेको तर नगरप्रमुखले अहिले यो विषयमा छलफल गर्नु पर्ने आवश्यकता छैन भन्दै उक्त प्रस्तावलाई हटाएको वताए । उनले भने ‘प्रशासनले आवश्यकता अनुसार कर्मचारीको विषयमा प्रस्ताव गरेका थियौं तर नगरप्रमुखले हटाउनु भयो’ ।

    नगरपालिकाले करारका कर्मचारी सम्बन्धि कुनै पनि औपचारिक निर्णय तथा जानकारी नदिदा कर्मचारीहरूलाई काममा आउने कि नआउने दोधार भएको कर्मचारीहरूले गुनासो गरेका छन् । म्याद थप नभएता पनि कुनै औपचारिक जानकारी नभएको हुनाले कर्मचारीहरू काममा भने आएका छन तर कुनै कर्मचारीहरूले हाजिर गरेका छन भनै कसैले हाजिर नै नगरी निरन्तर काममा खटेका छन । निरन्तर काममा खटेका तर हाजिर नगरेका सचिवालय कर्मचारी तथा नगरप्रमुखका राजनीति तथा सुरक्षा सल्लाहकार गणेशमान कालाथोकीले नैतिकताको आधारमा हाजिर गर्न नमिलेको तर व्यवहारिक हिसाबले निरन्तर काममा आएको बताए । उनले भने ‘नगरपालिकाले हाम्रो म्याद थपेको छैन त्यसैले अवैधानिक हाजिर गर्न नैतिकताले दिदैन तर कुनै औपचारिक जानकारी नदिएको हुनाले काम नगर्न व्यवहारीकताले दिदैन’ ।

    नगरपालिकाका योजना शाखा प्रमुख तथा योजना अधिकृत पुरन चन्द्र आचार्यले प्रत्येक महिनाको ९ गते बस्ने कार्यपालिकाको नियमित बैठक श्रावण ९ गते विविध कारणले बस्न नसकेता पनि अब बस्ने बैठकमा यो विषयमा सम्पूर्ण विवरण सहित कर्मचारीको अवस्था र आवश्यकता अनुसार फेरि पनि प्रस्ताव लैजाने बताउछन् ।

    करारमा नियुक्त गरिएका कर्मचारीहरू मध्य केहि दरबन्दीमा केन्द्रले कर्मचारी पठाईसकेको छ । लोकसेवा पास गरेर करारका कर्मचारीहरूको दरबन्दीमा स्थाइ कर्मचारी आईसकेको अवस्थामा केही दरबन्दी अझै रिक्त छन । कतै भने केन्द्र तथा मन्त्रालयबाट नगरपालिकाको लागि स्वीकृत नै नभएको दरबन्दीमा नगरपालिकाले करारमा कर्मचारी नियुक्त गरेको छ । दरबन्दी छैन तर नगरपालिकाले स्वीकृत विपरीत आफ्नो मातहतमा कर्मचारी नियुक्त गरेको छ । नगरपालिकाले नियुक्त गरेको कर्मचारी भन्दा त्यही ठाउँमा लोकसेवा पास गरेका कर्मचारी तल्लो तहमा काम गर्न वाध्य छन् । नगरपालिकाले दरबन्दी नै नभएको पदमा पाचौं तह बराबरको मान्यता अनुसार कर्मचारी नियुक्त गरेको छ भने लोकसेवा पास गरेर आएका स्थाइ कर्मचारी चौथो तहमा कार्यरत छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.