प्यूठान, साउन १२ । प्यूठानमा आर्थिक वर्ष २०७६/७७ मा सवारी दुर्घटनामा परि १४ जनाको मृत्यु भएको छ ।
वर्षभरी जिल्लाका विभिन्न स्थानमा गरि २२ वटा सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय प्यूठानले जनाएको छ । जसमा ८ जना पुरुष, ३ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन् ।
अघिल्लो आर्थिक वर्षमा पनि १४ जनाको सवारी दुर्घटनामा मृत्यु भएको थियो ।







