काठमाण्डौँ, साउन २० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले अमेरिकामा कोरोना भाइरस कमजोर भइरहेको बताएका छन् ।
उनले पत्रकारहरुसँग कुरा गर्र्दै एक साता यता नयाँ संक्रमितको संख्यामा ६ प्रतिशतले कमी भएको बताएको विविसिले जनाएको छ ।
बीबीसीले जनाए अनुसार राष्ट्रपति ट्रम्पले अमेरिकामा संक्रमणको स्थिति सुध्रदै गएको दावी गरेका छन् । हालसम्म अमेरीकामा संक्रमणकै कारण मर्नेको संख्या एक लाख ५५ हजार पुगिसकेको छ भने संक्रमितको संख्या ४७ लाख रहेको छ ।







