साउन २१, काठमाडौं । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य रू. एक लाख नाघेको छ । पछिल्लो समय लगातार वढेको सुनको मूल्य बुधवार एकैदिन रु १ हजार ६०० ले बढेर नयाँ रेकर्ड राखेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला रू.१ लाख १ हजार ४०० मा कारोबार भइरहेको छ । त्यसैगरी तेजाबी सुन भने प्रतितोला रू.१ लाख ९०० मा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दु प्रतिऔंस २ हजार ३० डलरमा पुगेको छ ।
विशेषगरि कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा परेको असरका कारण सुनको मुल्य बढेको हो । नेपालमा पनि विश्वबजार अनुसार नै सुनको मुल्य निर्धारण हुदाँ मूल्य बढ्न गएको व्यवसायीहरु बताउँछन् ।







