• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

सलह र बदेलबाट बचाएको खेती हुरीले सत्यानास


  •    सुचना डबली डेस्क / २०७७, २२ श्रावण बिहीबार प्रकाशीत

  • Advertisement

    झइन्द्र भण्डारी
    प्यूठान, साउन २२ । कोरानाको महामारीबिच सुरू भएको नयाँ वर्ष २०७७ को ४ महिना बित्नै लाग्दासम्म पनि अहिलेसम्म नेपालका किसानहरूले निकै ठूलो समस्या भोग्दै आउनु परेको छ ।

    कोरोनाको नियन्त्रणको लागि गरिएको लकडाउनले व्यवसायी तथा जागीरेहरूलाई पनि समस्यामा पारेर आर्थिकमन्दी त लगायो नै त्यसभन्दा बढी पीडित बने किसान मजदुरहरू ।

    कोरोनाको महामारी लकडाउनको समस्याबिच जसोतसो खेती किसान गरि आफ्नो परिवारको जीविकोपार्जन गर्ने सपना बोकेर खेती गरेका किसानलाई सलह किराले निकै सतायो ।

    कतै खेती गरेर उब्जाएको अन्नबाली खेतबारीमै सलहले सत्यनास नै बनायो कतै किसानहरूले ढ्याङ्ग्रो ठटाएर, आगो बालेर दिनभर खेतबारी मै कुरेर खेतीबाली केही जोगाए तर दिनमा सलहबाट सके जति बचाएका किसानको बाली रातमा बँदेल लगाएतका जंगली जनावरले मासिदिए ।

    यसरी अहोरात्र खटेर जेनतेन धेरैले थोरै भए पनि जोगाएको मकैबाली आज आएको हुरी बतासले भाचिदिएर ढालिदिएर बारीमै सुताईदियो यसले किसान थप पिडित बनेका छन् ।

    स्वर्गद्वारी नगरपालिका प्यूठानका लेक तथा डाडाकाडामा रहेका बस्तीका मकै आज बिहिवार आएको हुरीले सत्यानास नै बनाउदा यो संकटको अवस्थामा किसानको जसोतसो परिवार पाल्ने सपना फेरि पनि मरेको छ ।

    स्वर्गद्वारी नगरपालिका वडा नम्बर ६ बेल्बासमा बुधबार साझ देखि चलेको हुरीले गाउँभरको बारीमा रहेको मकै ढालेर केही पनि ठाडो बोट नरहेको स्थानीय किसान तथा शिक्षक बसन्त कालाथोकी तथा बिष्णु भण्डारीले जानकारी दिए ।


    कृषक फनाधर भण्डारीले केही दिन अघिसम्म दिनमा सलह तथा रातमा बदेलबाट जेनतेन सकेजती जोगाएको मकैबाली पछिल्लो २४ घण्टादेखी चलेको हुरीले सखाप पारेको भन्दै पीडा पोखे । उनले भने –“कोरोनाको कारणले आर्थिक समस्यामा परेका हामी किसानलाई सलह, बदेल हुँदै हुरीले पनि छोडेन । अब भएको बालीनाली यी सवै प्रकोपले सक्कायो न त जागीर नै छ अब परिवार कसरी पाल्ने भन्ने चिन्ताले आनन्दले निद्रा पनि लाग्दैन” ।

    किसान एकपछि अर्को मारमा परेको यो संकटको अवस्थामा स्थानीय तथा प्रदेश सरकारले किसानका यी घाउमा केही मलमपट्टि गर्नेछ । सम्बन्धित निकाय तथा सरोकारवालाको ध्यान यता जानेछ । हामी यहि कामना गरौं ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.