• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

सरुमारानी गाउँपालिकाले सञ्चालन गरेको छोरी पेवा वचत कार्यक्रमबाट १३३ छोरी लाभान्वित


  •    टु आर क्षेत्री / २०७७, २२ श्रावण बिहीबार प्रकाशीत

  • Advertisement

    प्यूठान, साउन २२ । सरुमारानी गाउँपालिकाले सञ्चालन गरेको छोरी पेवा वचत कार्यक्रमबाट १३३ छोरी लाभान्वित भएका छन् ।

    छोरा–छोरीबीच हुने विभेद तथा बालविवाह कम गर्न सुरु गरेको उक्त कार्यक्रमबाट हालसम्म १३३ छोरीहरु लाभान्वित भएको पालिका स्रोतले जनाएको छ ।

    गाउँपालिकाले जनाए अनुसार छोरीमाथि हुने हिंसा न्यूनीकरण गर्न तथा छोरीप्रति सम्मान बढाउनका उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
    पालिकाले उक्त कार्यक्रम अन्तर्गत छोरी जन्मनेबित्तिकै उनको नाममा रकम जम्मा गर्ने गरेको छ । उक्त कार्यक्रम सञ्चालन गरेपछि छोरा–छोरीबीच विभेद कम हुँदै गएको गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले जानकारी दिए ।

    पालिकाले यस कार्यक्रम मार्फत छोरीमाथि हुने लैंगिक हिंसा न्यूनीकरण, छोरा र छोरीमा हुने विभेद हटाउन तथा समाजमा छोरीलाई सकारात्मक रुपमा हेर्ने वातावरण सिर्जना हुने विश्वास अध्यक्ष विश्वकर्माको भनाई छ । गाउँपालिकाले पालिका भित्र जन्मिने हरेक छोरीको नाममा सहकारीमा खाता खोलिदिने गरेको छ । उनले भने –“हाल छोरीको नाममा मासिक २०० रुपैयाँ जम्मा गरिदिने गरेका छौँ र यो रकम विस्तारै वढाउदै जानेछौँ” ।

    गाउँपालिकाले ऐरावती बहुउद्देश्यीय साना किसान सहकारी संस्था बड्डाँडा र साना किसान कृषि सहकारी सस्था बांगेसाल गरी दुईओटा सहकारीमा छोरीको नाममा रकम जम्मा गर्ने व्यवस्था मिलाएको छ । गाउँपालिकाले २० वर्षीय कार्यविधि तयार गरी १० वर्षसम्म रकम जम्मा गरिदिने छ ।

    अघिल्लो आर्थिक वर्षदेखि सञ्चालन गरेको छोरी पेवा बचत कार्यक्रम हाल प्रभावकारी बन्दै गएको छ । यसरी पालिकाले छोरीका नाममा खोलिएको बचत खाताबाट भविष्यमा उनीहरुमाथि आइपर्ने आर्थिक समस्या समाधान गर्न सहयोग पुग्नेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.