काठमाण्डौँ, साउन २३ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ । पछिल्लो २४घण्टामा थप पर्साका ३ जना, सिरहा र सप्तरीका १/१ जनाको मृत्यु भएसँगै संख्या ७० पुगेको हो ।
यस्तै ४६४ नया संक्रमित थपिएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमति पत्रकार सम्मेलन मार्फत पछिल्लो २४ घण्टामा ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । अहिलेसम्म १५ हजार ८१४ जना डिस्चार्ज भएका छन् ।







