• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

‘कसैले हामीलाई महानायिका बनाउनु पर्दैन, रजतपट फेर्ने बेला आयो’ -अभिनेत्री ऋचा शर्मा


  •    सुचना डबली डेस्क / २०७७, २५ श्रावण आईतवार प्रकाशीत

  • Advertisement

    काठमाण्डौँ, साउन २५ । पछिल्लो समय अभिनेत्री पुजा शर्मा र सिने पत्रकार तथा निर्देशक प्रकाश सुवेदीबीचको विवादले सिने क्षेत्र गर्माएको छ । सुवेदीले एक टेलिभिजन कार्यक्रममा पुजालाई इंगित गर्दै ‘दाह्रा निस्केकी नायिका’ भनेर आपत्तीजनक अभिव्यक्ती दिएपछि यो विषयले चर्चा पाएको हो ।

    यसै विषयमा अभिनेत्री ऋचा शर्माले पनि कडा शब्दमा टिप्पणी गरेकी छन् ।

    उनले लेखेकी छन्– ‘तँ दारे छस, त काली छस, भ्यात्त परेकी परेकी छस् । यस्ता शब्द तपाइ लाई राष्ट्रिय टेलिभिजनमा एउटा कार्यक्रम प्रस्तोताले भनेको सुन्दा कस्तो लाग्ला ?’ उनले थप लेखेकी छन्,

    ‘एउटा अभिनेत्री र त्यो भन्दा पहिला एउटा नारीको हैसियतले यस समाजले हामीलाई कसरी जिउनु पर्ने, समाजमा अटाउन कस्तो देखिनु पर्ने, कस्तो लगाउनु पर्ने, कसरी हिड्नु, बोल्नु, खानु पर्ने भनेर बारम्बार सिकाइएको वा टिप्पणीको माला लगाईंदिएको देख्दा, आक्रोश, हिनता र अस्थिरताले सताउछ ।
    उनले लेखेकी छन्- ‘ मेरो शरीरको बनावट उनीहरुले चाहेझै बनाउ, म आर्टिफिसियल, देखावटी हुन्छु, नबनाउ त म मोटी, दारा भएको, काली, भयात्त परेकी हुन्छु । जबजब मान्छेले आफुलाई संरक्षकलाई अहँकार र अभिमानको बाटो रोजेका छन, ठूलाठूला मै हु भन्नेले पनि गद्दी छोड्नु परेको छ ।

    कठै हाम्रो समाज र ती अग्रज भनाउदाहरु, त्यों भन्दा कठै उनिहरु को सोच । तर अब ती कठैका सोचबीच म कठैबरा बन्दिन।’
    उनले आफू एक दशकदेखि यस क्षेत्रमा रहिरहेको उल्लेख गर्दै भनेकी छन्, ‘मेरा अग्रज दिदीहरु र नयाँ बहिनीहरुलाई भन्न चाहन्छु कि चाहे जो सुकैले तपाईलाई चार दिनको चन्द्रमा र त्यसपछि औंशी भन्छन, तिनलाई हाँसेरै भन्दिनुस की दोष तिनको दृष्टिकोणमा छ,

    सिकाईदिनुस कि औंशीमा चन्द्रमा गायब हुने होइन, फरक प्रकाश कहाँ पर्छ भन्नेमा हुन्छ । सुनाई दिनुस, चन्द्रमा आफ्नो दागबीच नै सुन्दर छ। रह्यो कुरा राष्ट्रीय च्यानेल भनेर प्रसारण गर्नेहरुको, सायद अब उहाँहरुले स्वतः समिक्षा गर्ने अवसर पाउनु भएको छ। मैले बुझेको रजतपटको अर्थ चलचित्र घरको पर्दा हो ।

    तर हिजो आज मैलो हुदै गएको छ, सायद धुने बेला आएको छ, सायद फेर्ने बेला आएको छ ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.