काठमाण्डौँ, साउन २६ । हङकङका प्रजातन्त्र समर्थक टाइकुन जिमी दुई छोरा सहित पक्राउ परेका छन् ।
राष्ट्रिय सुरक्षा कानुनविरुद्धको गतिविधि गरेको आरोपमा उनलाई हङकङ प्रहरीले प्रक्राउ हो ।
चीनले गत जुनमा हङकङमा लागु गरेको विवादास्पद नयाँ सुरक्षा कानुनविरुद्धको गतिविधिमा सहभागी भएको आरोप लगाइएको छ ।
जिमीका एक छोरालाई विदेशी शक्तिसँग मिलेर राष्ट्रिय सुरक्षामा खतरा र्पुयाएको आरोप छ भने अर्कालाई धोकाधडी गरेको आरोपमा पक्राउ गरिएको हो ।







