काठमाण्डौँ, साउन २६ । मन्त्रिपरिषदको बैठक सोमबार बेलुका ५ बजे बस्दैछ ।
आजको बैठक नियमित भएपनि कोभिड–१९ सम्बन्धी महत्वपूर्ण निर्णय हुनसक्ने सरकारका एक मन्त्रीले जनाएका छन् ।
यसअघि सरकारले भदौ १ गतेबाट हवाई उडान र लामो तथा छोटोे दुरीका सार्वजनिक यातायात खुल्ने निर्णय गरेको थियो ।
तर,पछिल्लो केहि दिन कोरोेना भाइरस संक्रमण बढ्न पुगेपछि कोभिड १९ संकट व्यवस्थापन केन्द्रले उक्त निर्णय कार्यान्वयनका लागि १५ दिन पछि सार्न सुझाव दिइसकेको छ ।







