• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

पूजा शर्माको पक्षमा कलाकार, भन्छन् हामी आफ्नै परिश्रमले आएका हौं


  •    सुचना डबली डेस्क / २०७७, २७ श्रावण मंगलवार प्रकाशीत

  • Advertisement

    काठमाडौं, साउन २७ । नायिका पूजा शर्मा र चलचित्र पत्रकार प्रकाश सुवेदीबीचको विवाद बढ्दै गएको छ । टेलिभिजन कार्यक्रममा आफूमाथि लक्षित गरेर तीन महीनादेखि अपशब्द बोल्ने तथा होच्याएर बोल्ने गरेको भन्दै पूजाले चलचित्र कलाकार संघमा उजुरी दिएकी छिन् ।

    उता चलचित्र पत्रकार प्रकाशले टेलिभिजन कार्यक्रममार्फत नै ‘आफैंले महानायिका बनाईदिनुपर्ने त्यो पनि दारा भएको अनुहारलाई’ भनेका थिए । उनको भनाइको चौतर्फी आलोचना भइरहेको छ ।

    यतिबेला पूजाको पक्षमा सम्पूर्ण चलचित्रकर्मी नै लागेका छन् । चलचित्रकर्मीमाथि समस्या पर्दा पनि केही नबोलेको आरोप लागिरहेका बेला चलचित्रकर्मीहरूको पूजाको पक्षमा देखिएका हुन् ।

    नायिका ऋचा शर्मा, केकी अधिकारी, गौरी मल्ल, रिमा विश्वकर्मा, निर्देशक दिवाकर भट्टराई लगायत पूजाको पक्षमा उभिएका छन् । उनीहरूले चलचित्रकर्मीहरू आफ्नै परिश्रम र सक्षमताले कलाकार भएको भन्दै कसैको खुट्टा ढोगेर नबनेको बताएका छन् । नायिका ऋचाले सामाजिक सञ्जालमा लेखेकी छिन्, “हामी हाम्रो परिश्रम र क्षमताले कलाकार भएका हौं, कसैले हामीलाई महानायिका बनाउनु परेको छैन।”

    उनले लेखेकी छिन्, “एउटा अभिनेत्री र त्यो भन्दा पहिला एउटा नारीको हैसियतले यस समाजले हामीलाई कसरी जिउनुपर्ने, समाजमा अटाउन कस्तो देखिनुपर्ने, कस्तो लगाउनुपर्ने, कसरी हिंड्नु, बोल्नु, खानुपर्ने भनेर बारम्बार सिकाइएको वा टिप्पणीको माला लगाइदिएको देख्दा, आक्रोश, हिनता र अस्थिरताले सताउँछ।”

    आफू नै ठूलो हुँ भन्ने मान्छेहरूले पनि गद्दी छोड्नु परेको भन्दै उनले लेखेकी छिन्, “जब–जब मान्छेले आफूलाई अहंकार र अभिमानको बाटो रोजेका छन, ठूला–ठूला मै हुँ भन्नेले पनि गद्दी छोड्नुपरेको छ । मलाई म र तपाईंलाई तपाईं बन्न नदिनेलाई अब चुप लगाउनुहोस् ।”

    त्यस्तै, नायिका केकी अधिकारीले नेपाली महिला कलाकारको शारीरिक बनावटमाथि टिप्पणी गर्नु आपत्तिजन भएको बताइन्। उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, “‘रजतपट’ नामक टेलिभिजन कार्यक्रमका प्रस्तोताले आफ्नो तीन दशक लामो ईतिहासको अप्रासंगिक बखान गर्दै नेपाली महिला कलाकारको शारीरिक बनावटमाथि गर्नुभएको छुद्र टिप्पणी अत्यन्तै अशोभनिय र खेदजनक छ।”

    त्यस्तै, निर्देशक दिवाकर भट्टराईले पूजाको आँशु लाग्ने भन्दै उनले अबको दिन कसैको पछि लागेर नहुने बताए। केही वर्ष पहिला पत्रकार, निर्माता तथा निर्देशकको पछि लाग्नुपरेको तर अब त्यस्ता दिन नरहेको बताए। नायिका गौरी मल्लले मानिसको स्वभाव उसको व्यक्तित्वको ऐना भएको भन्दै चलचित्र क्षेत्रका लागि पूजा योग्य रहेको तर, अनावश्यक टिकाटिप्पणी गरिएको भन्दै दुःख व्यक्ति गरेकी छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.