एजेन्सी, साउन २८ । रुसले विकास गरेको कोरोनाविरुद्धको विश्वकै पहिलो भ्याक्सिन ‘स्पुतनिक भी’ को माग ह्वात्तै बढेको छ ।
विभिन्न २० मुलुकहरुले भ्याक्सिनको माग गरेको रुसको डाइरेक्ट ईन्भेष्टमेन्ट फण्डका प्रमुख किरिल दमित्रिवेले दिएको जानकारी दिए ।
ती मुलुकहरुमा ल्याटिन अमेरिकी, मध्यपूर्व र केही एशियाली मुलुकहरु पनि रहेका उनको भनाई छ ।
अधिक मात्रामा माग भैरहेको भ्याक्सिनको अधिक उत्पादन बारे दमित्रिवेले भने, “हामी हाम्रा सहयोगी मुलुकहरुसँग मिलेर विभिन्न ५ मुलुकमा भ्याक्सिन उत्पादनको काम गर्नेछौं । यसबाट हरेक बर्ष ५० करोड डोज तयार हुनेछ ।”
भ्याक्सिनको असर दुई बर्षसम्म रहने रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्खोले बताए ।
यस्तै रुसी उपप्रधानमन्त्री तात्याना गोविकोवाका अनुसार यो भ्याक्सिन यहि महिनादेखि चिकित्सकहरुलाई लगाउन सुरु गरिनेछ ।







