सिन्धुपाल्चोक, साउन ३० । सिन्धुपाल्चोकमा पहिरो अविरल वर्षासँगै भीषण पहिरो गएको छ ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२, गाल्चेको लिदीमा पहिरो जादा कम्तिमा पनि ७ घर पूर्ण रूपमा पुरिएको र २५ घरमा क्षति स्थानीयवासीले बताएका छन् ।
शुक्रबार बिहान करिब ६ बजेतिर वस्तीमाथिबाट पहिरोले खसेर घरहरु पुरिएको बताइएको छ । केही घर(परिवारका सदस्यहरु सम्पर्कविहीन रहेकाले ठूलो मानवीय क्षति समेत भएको हुन सक्ने अड्कल गरिएको छ ।
अहिले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर घटनास्थलतिर जाँदै गरेको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।







