• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

कोरोनाका कारण यसपालीको तीज सुनसान


  •    सम्झना क्षेत्री / २०७७, ५ भाद्र शुक्रबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ ,भाद्र ५ । कोरोना कारण यस वर्षको तीज सुनसान बनेको छ।

    भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज देवादिदेव महादेवको पुजा आरधना गरि मनाईदैछ । तीजमा व्रत बसी शिव पार्वतीको पुजा,उपसना गरेमा सुख ,शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास रहेको छ । तर यसपालीको तीज भने पहिलेको वर्षको तुलनामा फरक भएको छ ।नेपालमा पछिल्लो समयमा दिनानुदिन काेराेना भाईरस संक्रमित बढ्दै गएकाले सरकार तथा स्थानीय सरकारले लकडाउन,सटडाउन तथा निषेधाज्ञा जारी गरेका कारण यसपालिकाे हरितालिका तीज सुनसान बनेकाे छ।  आजका दिनमा मन्दिरमा जाने प्रचलन रहेपनि यसपाली मठमन्दिर समेतमा रोक लगाएपछि मठमन्दिर शुन्य छ  ।

    कोरोनाले निम्ताएको परिस्थितिले अहिले समूहमा हुने सम्पुर्ण कार्यक्रममा नेपाल सरकारले निषेध गरेको छ,साथै पाहुनालाई नबोलाई चाडपर्व आफ्नै परिवारका बीच मनाउन स्वास्थ्य मन्त्रालयले समेत आग्रह गरेको छ ।अहिले काेराेना संक्रमित व्यक्तिकाे संख्या तथा मर्ने मानिसकाे संख्या पनि बढ्दै गईरहेकाे छ । त्यसैले घरका ढाेका बन्द गरि घर परिवारका सदस्यहरुले काेराेनाकाे डरलाई पछ्याउँदै तिज पर्व मनाईरहेका छन। यसपालि न त कुनै मेला,महाेत्सव लागे न त कुनै जमघट नै।टाढा टाढाका दिदी बहिनी आफ्नो माईति घर आउन पाएनन् । यतिबेला काे समय धैर्य र आत्मविश्वासका साथ काेराेनालाई जित्ने ,समय समयमा साबुन पानिले हात धुने,मास्क तथा सेनिटाईजरकाे प्रयाेग गर्ने रहेकाे छ ।

    यस वर्ष लामोसमयदेखि सार्वजनिक यातायात समेत अवरुद्ध रहेको हुँदा ,बजारमा चहलपहल समेत कम रहेको व्यापारीहरु बताउछन । तीजको लागि सामग्री आएपनि किन्ने ग्राहक नहुदा व्यापारी चिन्तित परेका छन ।  त्यस्तै गृहमन्त्रालयले सबै प्रकारमा पासमा रोक लगाएपछी टाढा माइती भएको महिला समेत माइत जान बाट बन्चित भएका छन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.