काठमाण्डौं, भाद्र ८ । कोरोना संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट २४ घण्टामा थप ८ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा काठमाडौंकी ४८ वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला र रुपन्देहीकै ३८ वर्षीय, ५३ वर्षीय र ५४ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, सुनसरीका ६८ वर्षीय पुरुष र पर्साकी ७० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५७ पुगेको छ ।







