काठमाण्डौं, भाद्र ८ । अछामको रामारोशनमा बाढीले बगाएर बेपत्ता भएकामध्ये एक महिलाको शव फेला परेको छ ।
बाढीले बगाएका १७ जना मध्ये रामारोशन ५ की २९ वर्षीया सम्झना शाहको शव सोमबार भेटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
बाढीले बगाएर बेपत्ता भएकामध्ये योसहित ८ जनाको शव भेटिएको छ । ९ जना अझै बेपत्ता छन् ।







