काठमाण्डौ, भाद्र ९ । बाग्लुङमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ ।
मंगलवार विहान बाग्लुङको ढोरपाटन नगरपालिका २ अर्नाकमा पहिरोमा पुरिएर एक युवतिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।
अहिले नगरपालिकाको स्काभेटर बोलाएर बाटो मर्मत कार्य जारी रहेको र सडक खुले लगत्तै घटना स्थल पुग्ने इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाश भण्डारीले जानकारी दिनुभयो ।







