काठमाडौं, भाद्र ९ । सर्लाहीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ ।
बलरा नगरपालिकास्थित बिओपी छतौनामा कार्यरत सशस्त्रका हवल्दार हरिपुर ८ का ३० वर्षीय दिलीपकुमार चौधरीको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सोमबार राति रामनगर गाउँपालिकास्थित उनी सवार प्रदेश २–०३–००२ ब प ५२१० नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिएको थियो ।
घटनामा संलग्न ट्याक्टर र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।







