काठमाडौँ,भाद्र १०। ऋषि खड्का र विष्णु माझीको ‘मैना राजा मैना रानी’ सार्वजनिक भएको छ ।
रुपा रश्मि सापकोटाको शब्द ऋषि खड्काको संगीत रहेको सो गीतमा प्रेमको महत्व झल्काउने प्रयास गरिएको छ । बिनोद बाजुरालीको एरेन्ज र सिर्जन बरालको निर्देशनमा बनेको सो गीतमा रमेश हमाल ठकुरी र साया भण्डारीको उत्कृष्ट अभिनय रहेको छ ।
वर्षौदेखि दर्शकहरुको प्रतिक्षा रहेको उक्त गीत आज सप्तऋषि म्युजिक मार्फत सार्वजनिक गरिएको हो ।







