काठमाण्डौं, भाद्र ११ । नेपालको गायन तर्फको रियालिटी शो नेपाल आइडल सिजन ३ को ग्राण्ड फिनाली भाद्र १२ मा हुने भएको छ ।
हिजो नेपाल आइडलले युट्वुव च्यानल मार्फत एक भिडियो सार्वजनिक गर्दै उक्त कुरा उल्लेख गरेको हो ।
गत वर्षको भाद्र महिनाबाट सुरु भएको नेपाल आइडल अन्तिम चरणमा आएपुगेको हो । किरण भुजेल, सज्जा चौलागाईं र प्रविण वेडवाल आइडलको लागि प्रतिस्पर्धाको मैदानमा रहेका छन् । कोराना कारण प्रभावित बनेको आइडल १ वर्ष लामो बन्न पुगेको हो ।
नेपाल आइडलको निर्णायक तर्फ न्यु बज्राचार्य ,कालीप्रसाद बास्कोटा र इन्दिरा जोसी रहेका छन । नेपाल आइडलले बुद्ध लामा र रवि ओडलाई सिजन १ र २ को आइडल बनाइसकेको छ ।







