काठमाण्डौं, भाद्र १३ । चितवनमा शनिवार थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानगरपालिका-५ कि ४९ वर्षीया महिलाको शनिवार विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृगौंला रोगबाट पिडित उनलाई साउन २७ गते चितवन मेडिकल कलेज भर्ना गरिएको थियो । सोहि क्रममा कोरोना परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।







