काठमाण्डौं, भाद्र १६ । चितवनमा त्रिशुली नदिको किनारमा एम्बुलेन्स खस्दा ५ जना घाइते भएका छन् ।
काठमाण्डौंबाट सर्लाही जादै गरेको एम्वुलेन्स चितवनको इच्छाकामना गाउँपालिका ३ पानीधारा भन्ने ठाउँमा मंगवलार विहान दुर्घटना हुदा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । एम्वुलेन्स आफैँ अनियन्त्रित भइ सडकबाट करिव ५० मिटर तल त्रिशुली नदिको किनारमा खसेको हो ।
घाइतेमध्ये १ जनाका अनस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको र उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।







