काठमाडौँ, आश्विन २ । नारायणगढ मुग्लिनसडक खण्डमा तीन ठाउँमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।
रातभरि परेको अविरल वर्षाका कारण गेगर सहितको पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय चितवनले जानकारी दिएको छ । उनका अनुसार आज बिहान पौने ६ बजे गएको पहिरोमध्ये हालैमात्र चौध किलोमा एकतर्फी रूपमा सडक चालू भए पनि केराबारी भन्ने स्थानमा ठूलो पहिरो खसेकोले सडक सञ्चालन हुन थप केही घण्टा लाग्नेछ ।







