काठमाडौं, असोज ५ । सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका राष्ट्रिय क्रिकेटर ललित सिंह भन्डारीको स्वास्थ्यमा सुधार भइरहेको छ ।सडक दुर्घटनामा परेर गम्भीर घाइते भएर काठमाडौंको ग्रान्डी अस्पतालमा उपचाररत राष्ट्रिय क्रिकेटर ललितसिंह भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।
उनको उपचारमा आएको सुधारले आफू नै अचम्मितमा परेको अस्पतालका निर्देशक डा। चक्रराज पाण्डेले बताएका छन् ।ललितको हकमा चाहिँ छिटो रिकभरी हुनुको कारण के त रु डा। पाण्डे भन्छन्, ‘उहाँको दुर्घटना भएको दिनदेखि नै राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र उहाँको पत्नी प्राप्तिले निकै राम्रो हेरचाह गरिरहनुभएको छ । क्रिकेट खेलाडी संघसहित आफ्ना साथीभाइ, टिमका सदस्य तथा सिनियरको साथ र हौसलाले ललितलाई प्रोत्साहन मिलेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव रमेश सिलवालज्यूले पनि उसको स्वास्थ्यमा चासो दिनुभयो । सायद यही शुभेच्छुकको कारणले हो कि काठमाडौंको ग्रान्डी अस्पतालमा सफल शल्यक्रिया पछि उनलाई क्याबिनमा सारिएको छ ।पूर्व कप्तान पारस खड्काले भण्डारीलाई आइसीयुबाट क्याबिनमा सारिएको बताएका छन् ।
भण्डारीको असोज १ गते ग्रान्डी अस्पतालका निर्देशक तथा हाडजोर्नी विशेषज्ञ डाक्टर चक्रराज पान्डेको नेतृत्वमा ललितको जटिल शल्यक्रिया सम्पन्न भएको थियो ।







