काठमाडौं,असोज ८ । चीनका सबैभन्दा धनी व्यक्ति जोङ सानशान बनेका छन्।
ब्लुमवर्ग बिलेनियर इन्डेक्सका अनुसार बुधबार जोन सानशान चीनकै धनी व्यक्ति बनेका हुन्। उनले यसअघिका चीनका सर्वाधिक धनीको सूचीमा लामो समय राज गरेका ज्याक मालाई उछिनेका हुन्। जोङ ‘नोङ फुङ’ नामक बोतलको पानी र खोप निर्माता कम्पनीका संस्थापक हुन्।
ब्लुमवर्ग बिलेनियर इन्डेक्सका अनुसार जोङ शानशानको कुल रकम ५८ अर्ब ७ करोड डलर पुगेको छ। यो भनेको ज्याक माको भन्दा २ अर्ब डलर बढी रकम हो। योसँगै जोङ एसियाका दोस्रो सबभन्दा धनी व्यक्ति भएका छन्। संसारका सबैभन्दा धनी व्यक्तिमध्ये भने जोङ १७ औं स्थानमा छन्।
‘लोन उल्फ’ उपनाम पाएका जोङको व्यापार सन् २०२० मै करिब ५२ अर्ब डलर वृद्धि भएको स्ट्रेट टाइम्सले जनाएको छ। एजेन्सी







