• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

प्यूठानमा जिल्ला स्तरीय मदन भण्डारी मेमोरियल कप क्रिकेट प्रतियोगिता सम्पन्न


  •    सुचना डबली डेस्क / २०७७, १३ आश्विन मंगलवार प्रकाशीत

  • Advertisement

    प्यूठान, असोज १३। मदन भण्डारी मेमोरियल कप टि-२० क्रिकेट प्रतियोगिताको उपाधी बाहाने क्रिकेट क्लव ए टिमले जितको छ ।

    मदन भण्डारी स्पोटर्स एकेडेमी नौवहिनि गाउँपालिका ४ कमिटिको आयोजना तथा नेपाली क्रिकेट समर्थक समाज एनसिएसएस प्यूठान शाखाको सहकार्यमा झिमरुक गाउँपालिका ८ दिहाल्नाको प्रस्तावित लालिगुरास रंगशालामा जारी मदन भण्डारी मेमोरियल कप क्रिकेट प्रतियोगिताको मंगलवार भएको फाइनल खेलमा आयोजकलाई २ विकेटले हराउदै बाहाने क्रिकेट क्लव ए टिमले उपाधी जितेको हो ।

    फाइनल खेलमा टस हारेर व्याटिङको निम्तो पाएको आयोजक टिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १०३ रन बनाएको थियो ।जसका लागि उमेश घर्तीले ४८ वलमा सर्वाधिक ४५ रन बनाए । १०४ लक्ष्यसहित जवाफि व्याटिमा उत्रेको बाहाने क्रिकेट क्लव ए टिमले १४ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । बाहानेका लागि भुगर्व के।सीले १९ वलमा सर्वाधिक ४३ रन बनाए ।

    विजेता बाहाने क्रिकेट क्लव ए टिमले नगद रु १५ हजार र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता आयोजक टिमले नगद रु ६ हजारसहित प्रमाणपत्र प्राप्त गर्यो ।

    शनिवारदेखि जारी प्रतियोगितामा १२ टिमले सहभागिता जनाएका थिए । कोरोनाको जोखिम भएकाले स्वास्थ्य मापदण्ड पुरा गरेर खेल गराइएको आयोजकले जनाएको छ ।

    जिल्लामा क्रिकेटको क्रेज एकदमै बढी छ तर स्थानिय तहले क्रिकेट क्षेत्रमा आवश्यक लगानी र चासो नगर्नाले प्यूठानमा क्रिकेट पछि परेको एनसिएसएस प्यूठानका सदस्य शिवराज भुषाले जानकारी दिए। क्रिकेट फ्यान क्रेज अनुसारको चासो सम्बन्धित निकायले दिन सके प्यूठान क्रीकेटले छिट्टै फड्को मार्ने समेत उनले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.