• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

बुटवलमा पनि सुरु भयो मालाकार सेवा


  •    सुचना डबली डेस्क / २०७७, १३ आश्विन मंगलवार प्रकाशीत

  • Advertisement

    बुटवल, असोज १३ । अस्ट्रेलियामा बस्ने एक नेपालीले गज्जबको उपयोगी एप विकास गरेका छन् । काठमाडौं नैकाप घर भएका प्रकाश मालाकारले सबै सेवा एउटै एपबाट दिन मिल्नेगरी ‘अल ईन वान’ मोबाइल एप तयार पारेका हुन् ।

    उनले तयार पारेको ‘मालाकार’ एप गूगल प्ले स्टोर तथा आईओएस एप स्टोरमा सार्वजनिक भइसकेको छ । प्रयोगकर्ता र सेवा प्रदायकहरुका लागि छुट्टा छुट्टै एप बनाइएको छ । मालाकार एउटा बहुद्देश्यीय कम्पनी हो यस कम्पनीले विभिन्न व्यक्तिसँग भएको सीप र साधनको प्रयोग गरी उनीहरू संग रहेको फुर्सदको समयलाई सदुपयोग गराई थप पैसा कमाउनको लागि काम गर्ने अवसर दिन्छ अब मालाकार एप्लिकेसन मार्फत काम गरी पैसा कमाउनको लागि तपाईंले सबैभन्दा पहिला मालाकार कम्पनीको सेवाप्रदायक बन्नुपर्ने हुन्छ सेवाप्रदायक बन्नको लागि तपाईंसँग स्मार्टफोन र तपाईले दिन खोज्नुभएको सेवा को दक्षता तपाईंमा हुन जरुरी हुन्छ मालाकार एपमा ‘अन डिमाण्ड होम सर्भिस’लाई तीन वटा मुख्य समूहमा वर्गीकरण गरिएको छ । जसमा राइड शेयरिङ, फूड डेलिभरी र अन्य सेवाहरु छन्

    राइड शेयरिङ भन्नाले मोटर बाइक’ ट्याक्सी’ अथवा अटो’ मार्फत कुनैपनि व्यक्तिले बोलाएकै ठाउँमा गएर उनीहरुले भनेको गन्तव्य सम्म पुर्याइदिने काम गर्नेछ जसले गर्दा यात्रा गर्नको लागि सहज वातावरण सिर्जना हुनसक्छ काठमाडौंमा भने धेरैजस्तो व्यक्तिहरुले सार्वजनिक यातायातमा भन्दापनि मोटरसाइकल बाटनै यात्रा गरिरहेको पाइन्छ किनकि यसबाट यात्रा गर्दा खेरि कुनैपनि जाममा धेरैबेर पर्खेर बस्नु नपर्ने धेरै जनाको भीडभाडमा कोचाकोच गरेर असुरक्षित यात्रा गर्नु नपर्ने यसले गर्दा प्रायः सबै यात्रीहरु एकदमै मालाकार एप तर्फ लोकप्रिय भएका छन् अझ गजबको कुरा के छ भने यात्रीहरुले बोलाएकै ठाउँमा गएर सेवा दिने भएको हुँदा यात्रीहरुलाई चोकमा गएर घण्टौं घण्टा सम्म कुरेर असुरक्षित यात्रा गर्न नपर्ने भएको छ

    फूड डेलिभरी भन्नाले कुनैपनि होटल तथा रेस्टुरेन्ट बाट तयार भएको खाना तथा खाजाहरू ग्राहकसम्म पुर्याइदिने काम गर्नेछ अन्य सेवाहरु भन्नाले जस्तै, इलेक्ट्रिसियन, प्लम्बर, ब्युटिसियन, फोटोग्राफर लगायत अन्य हजारौं सेवाहरु समेत घरमै उपलब्ध गराउने गरी यो एप ल्याइएको हो । सामान्य भाषामा बुझ्नु पर्दा खेरी मालाकार भनेको सबै किसिमको सेवा तथा सुविधाहरु प्रदान गर्ने एप हो एपमा उपलब्ध यस किसिमका सेवा तुरुन्तै चाहियो भने तुरुन्तै बूक गर्न सकिन्छ । भोलि वा पर्सिको लागि चाहिने हो भनेपनि अग्रिम बूक पनि सकिन्छ

    यो सेवा लिन को लागि मालाकार एप्लिकेसनमा प्रयोग गर्नुपर्ने हुन्छ र अकाउन्ट बनाउनुपर्ने हुन्छ जुन अकाउन्ट बनाउन एकदमै सजिलो छ । यदि तपाईले यो सेवाहरु दिएर र पैसा कमाउन चाहनुहुन्छ भने तपाईंले सेवाको प्रकार छनौट गरी गुणस्तर र सुरक्षाका लागि सम्बन्धित कामको डकुमेन्ट तथा कागजात अपलोड गर्नुपर्ने हुन्छ । उदाहरणको रुपमा राइड शेयरिङका लागि लाइसेन्स नागरिकता र ब्लूबूक को फोटो राख्नुपर्ने हुन्छ । यसरी तपाईंले पेश गर्नुभएको कागजात मालाकारको टिमले भेरिफाई गर्छ । भेरिफाई भएपछि सेवा प्रदायकले सेवा दिनेले काम सुरु गर्न सक्छन् ।

    यो एपको मौलिकता भनेकै कुनै पनि आफूलाई चाहिने सेवा तथा बस्तुहरु सहजरुपमा लिन अथवा दिन सकिन्छ जसको लागि कुनैपनि झन्झट सहनु पर्दैन

    मार्केटिङ सुरु गरेको एक सातामै बुटवलमा थुप्रैले एपमा रजिस्टर गरिसकेका छन् । आफूलाई मन लागेको बेला स्वतन्त्रपूर्वक काम गर्न सकिने भएकाले यसमा धेरैले रुची देखाइरहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.