• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

अभिनेता अक्षतको मृत्यु, परिवारद्वारा हत्याको आशंका


  •    सुचना डबली डेस्क / २०७७, १४ आश्विन बुधबार प्रकाशीत

  • Advertisement

    काठमाडौं,असोज १४  । भारतिय २६ वर्षका टिभी अभिनेता अक्षतको मृत्यु भएको छ्र बलिउड अभिनेता सुशान्त सिंह राजपूतको संदिग्ध मृत्युको अनुसन्धान चलिरहेका बेला अभिनेता अक्षत उत्कर्षको मृत्युको खबर आएको छ ।

    मुम्बई प्रहरीले रिपोर्ट दर्ता गरेर यसबारे अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानमा अक्षतको मृत्युको कारण आत्महत्या बताइएको छ । यद्यपि, परिवारले हत्याको आशंका गरेका छन् ।

    अक्षतको मृत शरीर आइतबार राती मुम्बईको अंधेरी इलाकास्थित उनको अपार्टमेन्टमा भेटिएको थियो । अम्बोली प्रहरीका अनुसार अक्षत काम नभएका कारण डिप्रेशनका शिकार थिए जसका कारण उनले आत्महत्याको बाटो चुने ।

    यद्यपि, अक्षतका परिवारले डिप्रेशनको कुरा अस्विकार गर्दै अभिनेतको हत्या भएको दाबी गरे । अक्षतको पोस्टमार्टमपछि शव परिवारलाई सुम्पिइएको छ ।

    अक्षतकी साथीका अनुसार आइतबार बेलुकासम्म उनको व्यवहार सामान्य थियो । उनीहरुबीच सामान्य कुराकानी नै भयो र सुत्नु अघि सँगै खाना पनि खाए । हिन्दुस्तान टाइम्सको रिपोर्टमा अम्बोली प्रहरी स्टेशनका सिनियर इन्सपेक्टर सोमेश्वर कांथेलाई उद्धृत गर्दै एक्सिडेन्टल
    मृत्युको रिपोर्ट दर्ता गरेर घटनाको अनुसन्धान सुरु गरिएको छ । प्रारम्भिक अनुसन्धान र पोस्टमार्टम रिपोर्टमा कुनै प्रकारको षड्यन्त्रको संकेत भेटिएको छैन । साथीसँगको सोधपुछमा उनी लकडाउनका कारण काम नभएका कारण तनावमा भएको र उनले साथी र परिवारसँग उधारो
    मागेर दैनिकी गुजारिरहेको जानकारी प्राप्त भएको भारतीय सञ्चार माध्यमले बताएका छन् । एजेन्सी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.