काठमाडौं,असोज १४ । चलचित्र विकास बोर्डका दिवंगत अध्यक्ष केशव भट्टराईको परिवारलाई ३४ लाख रुपैयाँभन्दा बढी सहयोग रकम हस्तान्तरण गरिएको छ ।
गत मंसिर ३० गते हृदयघातका कारण निधन भएका तत्कालीन बोर्ड अध्यक्ष भट्टराईको परिवारका नाममा संकलित सहयोग रकम , देश विदेशबाट संकलित रकम बोर्ड परिसरमा बुधबार आयोजित कार्यक्रममा भट्टराईकी पत्नी नीता भट्टराईलाई हस्तान्तरण गरिएको हो ।
तत्कालीन अध्यक्ष भट्टराईको निधन पश्चात सहयोग संकलनका लागि राजकुमार राईको नेतृत्वमा बसुन्धरा भुसाल, दीपाश्री निरौला, प्रकाश सुवेदी, रवीन्द्र खड्का, विनोद भट्टराई, गिरिश शर्मा र शिशिर भण्डारी सदस्य रहेको समिति गठन गरिएको थियो ।
बुधबार उक्त समितिले संकलन गरेको र कार्यक्रममा सहभागी भएका व्यक्तिबाट प्राप्त रकम नीता भट्टराईलाई हस्तान्तरण गरिएको समिति सदस्य दीपाश्री निरौलाले जानकारी दिइन् ।







