• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

टिकटक लाइभमै पेट्रोल छर्केर आगो लगाई युवतीको हत्या


  •    सुचना डबली डेस्क / २०७७, १६ आश्विन शुक्रबार प्रकाशीत

  • Advertisement

    काठमाडौं, असोज १६ । चीनमा टिकटकमा चर्चित एक युवतीलाई ‘लाइभ’ गरिरहेकै बेला उनका पूर्वपतिले पेट्रोल छर्केर आगो लगाई हत्या गरेका छन्।बिबिसीमा प्रकाशित समाचार अनुसार लामु नाम गरेकी ती महिला चिनियाँ संस्करणको टिकटक ुडोइनुमा चर्चित थिइन् जहाँ उनलाई लाखौंले पछ्याउने गरेका थिए।

    ३० वर्षीया लामुले गत सेप्टेम्बर १४ मा अन्तिम भिडिओ पोस्ट गरेकी थिइन्। त्यसको दोस्रो दिन भिडियो लाइभमा आएकी उनको पेट्रोल छर्केर आगो लगाइ हत्या गरिएको हो।लाइभमा आएकी लामुको लाइभ स्क्रिन कालो भएकोथियो भने लाइभ हेरिरहेका प्रयोगकर्ताले उनी चिच्याएको आवाज सुनेका थिए।

    स्थानीय चिनियाँ संचारमाध्यमका अनुसार पूर्व पतिले लगाएको आगोबाट उनको शरिरको ९० प्रतिशत भाग जलेको थियो। आक्रमण भएको दुई सातापछि बुधबार उपचारका क्रममा उनको मृत्यु भएको हो। घटनाले चीनमा महिलाविरूद्ध हुने हिंसालाई पुनः सामाजिक संजालमा आलोचनाको प्रमुख विषय बनाएको छ।

    त्यहाँको स्थानीय प्रहरीले उनीमाथि सेप्टेम्बर १४ मा आक्रमण भएको जनाएको छ। आक्रमणपछि उनलाई उपचारका लागि सुरूमा स्थानीय अस्पताल लगिएको थियो भने त्यसपछि उनलाई सिचुवानको प्रान्तीय अस्पतालमा सारिएको थियो।

    घटनामा घाइते भएकी उनको उपचारका लागि उनका परिवारले प्रशंसकहरूसँग आर्थिक सहयोगका लागि आव्हान गरेर २४ घण्टामा एक मिलियन चिनियाँ युवान संकलन गरेको त्यहाँको एक स्थानीय संचारमाध्यमले जनाएको छ।

    घटनामा संलग्न रहेको आरोपमा लामुका पूर्वपतिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको चिनियाँ प्रहरीले जनाएको छ। एजेन्सी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आबेको हत्यापछि शोकमा डुब्यो जापान
    फिलिपिन्सका राष्ट्रपतिको सपथग्रहणमा विनोद चौधरी सहभागी
    बाढीमा परी बङ्गलादेशमा २५ जनाको मृत्यु
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.