काठमाडौं, असोज १८। चितवनको माडीमा गैंडा धपाउन खोज्दा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ।
माडी नगरपालिका–६ हरिनगरका ६० वर्षीय सुकदेव महतोको गैंडा धपाउन खोज्दा वन्यजन्तु धपाउनका लागि बिच्छाइएको तारको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको बघौडा अस्पताल माडीमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।







