काठमाडौँ, असोज २२ । सन् २०२२ को डाइभर्सिटी भिसा डीभीको फारम खुलेको छ ।
नेपाली समयअनुसार बुधबार राति पौने १० बजेदेखि फारम भर्न मिल्ने गरी खुलेको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । फारम नाेभेम्बर १० सम्म भर्न सकिनेछ ।
आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिनेछ । http://www.dvlottery.state.gov फाराम भर्नका लागि आधिकारिक वेबसाइट मा गएर निर्देशन अनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ । डीभीको आवेदन खुलेपछि निःशुल्क आफैंले भर्न सकिन्छ ।
दूतावासले डीभी आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन समेत भनेको छ ।







