• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

जनप्रतिनिधिलाई धम्की दिने गुण्डा नाइके राधे भण्डारी पक्राउ


  •    सुचना डबली डेस्क / २०७७, २३ आश्विन शुक्रबार प्रकाशीत

  • Advertisement

    काठमाडौं, असोज २३ । प्रहरीले गुन्डा नाइके राधे भण्डारीलाई नियन्त्रणमा लिएको छ।सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएपछि जिल्ला प्रहरी कार्यालय धादिङले उनलाई पक्राउ गरेको हो ।

    जनप्रतिनिधिले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय धादिङको टोलीले उनलाई नियन्त्रणमा लिएको धादिङका प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले बताए।

    बालुवा निकाल्ने ठेक्काको म्याद सकिएपछि पनि उनले अवैध तरिकाले बालुवा निकालिरहेका थिए । जनप्रतिनिधिलाई त्यसलाई रोक्न भनेपछि भण्डारीले धम्की दिएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए ।

    गाउँपालिकाका प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय, धादिङमा उजुरी दिएपछि भण्डारीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो। भण्डारी नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्ष समेत हुन्। उनी २३ जेठमा धादिङमा हतियारसहित पक्राउ परेका थिए।

    २१ असार ०७० मा चरीलाई गोली हानेपछि भण्डारी चर्चामा थिए। उनी राजनीतिक दबाबका आधारमा धरौटीमा रिहा भएका थिए। त्यसको एक वर्षपछि चरीलाई प्रहरीले इन्काउन्टर गरेको थियो।

    पक्राउ परेका भण्डारीविरुद्ध आज सार्वजनिक शान्ति भंगविरुद्ध मुद्दा दर्ताको तयारी भइरहेको एसपी खड्काले जनाकारी दिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.