काठमाडौं, असोज २५ –आइतबार सुनको मुल्य तोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आजका लागि सुनको मुल्य प्रतितोला रु. ९५ हजार ६०० तोकेको छ । यस्तै तेजावी सुनको मुल्य भने रु. ९५ हजार १०० रहेको छ । यस्तै, आज चाँदीको मुल्य तोलामा ४० रुपैयाँले बढेको छ । आज चाँदीको मुल्य प्रतितोला रु. १२३५ रहेको छ ।







