काठमाडौं, असोज २५ । छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेको अवस्थामा १३ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका-१ सिरूटार बिरुवास्थित श्याम थापाको चिया पसलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५२ वर्षीय राजेन्द्रकुमार थापालगायत चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद एक लाख नौ हजार ३०० रूपैयाँसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।
यसैगरी चितवनको कालिका नगरपालिका ४ मा रहेको ग्रिन टप कटेजमा तास खेलिरहेको अवस्थामा सोही ठाउँका ३७ वर्षीय बलबहादुर नेपालीलगायत पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद दुई लाख २९ हजार ७८० रुपैयाँ र एक बुक ताससहित फेला पारी पक्राउ गरेको हो । फरार रहेका उक्त कटेजका सञ्चालकलाई प्रहरीले खोजी गरिरहेको छ ।
यस्तै नवलपरासी ९पूर्व०को मध्यविन्दु नगरपालिका(२ गैह्री टोलस्थित ईभान कटेज एण्ड रेस्टुरेण्टमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय हेमकान्त चौधरीलगायत चार जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा एक लाख ५८ हजार ८८० रूपैयाँ नगद र ताससहित फेला पारी पक्राउ गरेको जनाएको छ।
घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।







