काठमाडौं, असोज २९ | नेपाली बजारमा बिहीवार सुनको मूल्य स्थिर रहेको छ ।
बुधवार ९४ हजार ५ सय रुपैयाँ प्रति कारोबार भएको छापावाल सुन बिहीवार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य प्रति तोला ९४ हजार रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज चाँदी प्रति तोला १ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधवार भने चाँदी प्रति तोला १ हजार २ सय ५ रूपैयाँमा कारोबार भएको थियो ।







