प्यूठान, कात्तिक १५ । प्यूठानका थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
माण्डवी गाउँपालिका वडा नं ३ दारिमचौरका ५४ वर्षिय पुरुषको चितवनको चितवन मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा शुक्रवार राती ११ बजे मृत्यु भएको माण्डवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुवकुमार पोख्रेलले जानकारी दिए।
निमुनियाको बिरामी रहेका पुरुषको वुटवलमा उपचार नभएपछि उपचारका लागि चितवन लगिएको थियो । वुटवलमा कोरोना रिपोर्ट नेगेटिभ आएपनि चितवनमा चेकजाँच गर्दा कार्तिक १२ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
यससंगै प्यूठानमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ ।







